रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको निधन भएको छ । शुक्रबार एक महिलाको करेन्ट लागेर ज्यान गएको हो । घरको चापाकलमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागि उनी घाइते भएकी थिइन् ।
गौर नगरपालिका–३ स्थित पोखरीया टोलकी ३५ वर्षीय अमरुल अंसारीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याईएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




