रौतहट । धान कुटाउने क्रममा मिलको फितामा बेरिएर एक महिलाको निधन भएको छ । बौधीमाई नगरपालिका १ का जोदी रायको श्रीमति ४२ वर्षिय मिना देबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
धान कुटाउने क्रममा मिलको फित्तामा बेरिएर मिना गम्भिर घाइते भएको र उपचारको लागि वीरगंज लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




