महोत्तरी । महोत्तरीबाट झन्डै ३ क्विन्टल गाँजासहित २ जना पक्राउ परेका छन् । जिल्लाको सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ५ ख ९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि फलस बटनमा लुकाईछिपाई राखिएको २ सय ९० किलो गाँजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका १३ बस्ने सह चालक राजेश घलान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए ।
पक्राउ परेको ट्रक, चालक र सह-चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।




