रौतहट । समान्य विवादमा तीन जनाको समूहको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एक जना युवाको निधन भएको छ । गत शनिबार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका वडा नं. ६ का २० वर्षीय युवक राहुल साहको उपचारका क्रममा निधन भएको हो ।
सामान्य विवादमा तीन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उनको आज बिहान उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहार गर्ने मध्ये अन्यको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




