एजेन्सी । भारतको राजस्थानको कोटा जिल्लाको रामगंजमण्डी थाना क्षेत्रमा बुधबार भाइटीकाका दिन ठूलो दुर्घटना भएको छ । त्यहाँ मोटरसाइकल र स्कार्पियो एक आपसमा ठोक्किँदा आमासहित दाजुबहिनीको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् । भाइटीका मनाउन गएका तीनै जनाको दुर्घटनामा मृत्यु भएको हो ।
ठक्कर यति खतरनाक थियो कि मोटरसाइकलमा सवार आमा छोरी करिब २० फिट तल खसेका थिए । दुर्घटनापछि यात्रु र प्रहरीले घाइतेलाई रामगञ्जमण्डी अस्पताल पुर्याएका थिए । प्रहरीले मृतकका परिवारलाई खबर गरिसकेको छ । उनीहरु आएपछि शवको पोष्टमार्टम हुनेछ ।
रामगञ्जमण्डी प्रहरी चौकीका अधिकृत मनोज कुमारले उण्डवा रोडमा रहेको रावली पम्प नजिक दुर्घटना भएको बताए । त्यहाँ मोटरसाइकलमा सवार तीन जना रामगञ्ज मण्डीतर्फ आउँदै थिए । तीमध्ये दाजु, बहिनी र आमा थिए । पाँचपहारबाट भाइटीका पर्व मनाउन जाँदै गरेका थिए । सोही क्रममा मध्यप्रदेशतर्फ जाँदै गरेको स्कार्पियो कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
छोराको घटनास्थलमै र आमा र बहिनीको अस्पतालमा मृत्यु भएको हो । जसमा मोटरसाइकल चालक हितेश मेवाडा उर्फ पिन्टुको घटनास्थलमै मृत्यु भएको थियो । उनकी बहिनी पूजा र आमा कमलेश बाई गम्भीर घाइते भएका थिए ।
दुर्घटनाको जानकारी पाएर प्रहरी घटनास्थल पुगेको र गाउँलेको सहयोगमा घाइतेलाई रामगञ्जमण्डी सीएचसीमा लगेको थियो । त्यहाँ गम्भिर घाईते आमा छोरीलाई प्राथमिक उपचार पछि झलवार रिफर गरिएको थियो । त्यहाँ महिला कमलेश बाई र उनकी छोरी पूजा मेवाडाको उपचारका क्रममा मृत्यु भएको हो ।
हितेशको शव रामगञ्जमण्डी अस्पतालमा राखिएको छ । उनको पोष्टमार्टम त्यहीँ हुनेछ । दुबै आमा छोरीको शवको पोष्टमार्टम झलवार अस्पतालमा हुनेछ । हाल प्रहरीले स्कर्पियो चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा स्कार्पियोमा सवार अर्की एक महिला पनि घाइते भएकी छन् । उनको रामगञ्ज मण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मृतकका परिवारमा शोक छाएको छ । तर, प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।






