बर्दिया । बर्दियाको गुलरिया ४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राति करिब १० बजेतिर स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको हो ।
बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार आगलागीमा परी गुलरिया ४ का ३६ वर्षीया राधा बुढा, ९ वर्षीया मानसी बुढा, ७ वर्षीय कृश चन्द र १८ महिनाको कार्तिक चन्दको मृत्यु भएको छ । २७ वर्षीया करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।
आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।






