एजेन्सी । भारतमा कोरोना महामारीका साथ ‘ब्ल्याक फंगस’को खतरा पनि बढिरहेको छ । गुजरातमा कोरोना संक्रमण निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो ।
कोरोना संक्रमण सँगसँगै गुजरातमा यो समस्या बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गुजरातको सुरतमा ब्ल्याक फंगसका कारण ८ संक्रमितको आँखाको ज्योति गुमेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो १५ दिनमा सुरतमा म्युकोरमाइकोसिसको समस्या ४० जनामा देखिएको छ । तीमध्ये ८ जनाको आँखाको ज्योति गुमेको हो ।
यो संक्रमण कोरानाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको बताइएको छ । तर, उपचार ढिला भए बिरामीको मृत्यु समेत हुन सक्छ ।






