वीरगंज । बाघको आक्रमणबाट पर्सामा एक जना गम्भीर घाइते भएका छन् । बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका २ लक्ष्मिपुरमा स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् ।
उनलाई आफ्नो घर जाँदै गरेको अवस्थामा बिहिबार जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गरेको थियो । बाघले त्यँहा एउटा बाख्रा समेत मारेको छ । घाइते अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।
बाघ लक्ष्मीपुरको बगैँचामा आएको थाहा पाएपछि सम्बन्धित निकायमा खबर गर्दा पनि कुनै टोली नआएको स्थानिय बताउँछन् । डेढ महिना अघि पनि सोही वडामा बाघले एक जनाको ज्यान लिएको थियो ।




