रौतहट । जंगलबाट चोरी गरी काठ लैजादै गरेको ट्याक्टर प्रहरीले बरामद गरेको छ । काठ तस्करी हुने गरेको सूचनाको आधारमा खटीएको प्रहरी टोलिले १९ गते बिहान करिव ९ बजेको समयमा काठसहित ट्याक्टर बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिका वडा नं. ९ स्थित चपुर गौर सडकमा चेकजाँच गर्ने क्रममा सन्तपुरबाट डुमरिया तर्फ जादै गरेको ना ५ त ९०६४ नंम्बरको ट्याक्टर चालक प्रहरीलाई देखेर फरार भएपछि टेक्टर नियन्त्रणमा लिएको हो ।
ट्याक्टर चेकजाँच गर्दा ना ५ त ९०६४ नम्बर लेखिएको ट्याक्टरको ईन्जिनमा जोडिएको ना ६ त ९३५ नम्बरको टेलरमा वनबाट चोरी गरी ल्याएको मसला जातको काठ लोड रहेको ट्याक्टर बरामद भएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




