काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागमा उजुरी परेको थियो । क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए ।
अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवम् कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।
मूल्य अनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ ।
झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’




