सर्लाही । सर्लाहीमा एक पूर्व शिक्षक गम्भीर अवस्थामा सडकमा फेला परेका छन् । घरबाट ‘मर्निङवाक’मा निस्केका ६२ वर्षीय अर्जुन दाहाल बुधबार बिहान घाइते अवस्थामा भेटिएका हुन् ।
हरिवन नगरपालिका ९ दनुवारीका दाहाल गम्भीर अवस्थामा सडकमा लडेको देखेपछि स्थानीयले खबर गरेका थिए । दाहालले लगाएको सुनको औंठी औलामा नभएको परिवारले बताएको छ । उनी कसरी घाइते भए भन्ने खुलेको छैन ।
आक्रमण भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । दाहाललाई उपचारको लागि वीरगञ्ज लगिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दाहालको टाउकोमा गहिरो चोट लागेको छ ।




