महोत्तरी । महोत्तरीबाट घुस लिँदै गरेको अवस्थामा दुई जना प्रहरीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झा रहेका छन् ।
आरोपीहरुको साथबाट २० हजार घुस लिएको रकम बरामद गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । गौशाला नगरपालिका १२ स्थित गौरीटोलबाट पक्राउ गरेर उनीहरू माथि अख्तियारको कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको छ ।




