रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ३७ वर्षका साने भन्ने सन्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. १ नुनथरमा शंकास्पद रुपमा सामानसहितको बोरा बोकी पौराई तर्फ आईरहेका चन्द्रपुर नगरपालिका वडा नं. १ का तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट अवैध लागुऔषध गाँजा १५ किलो ४ सय ग्राम र ४० हजार नगद फेला परेको थियो । आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




