रौतहट । चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । नगरपालिकाले दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो ।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको चन्द्रपुर नगरपालिकाका प्रशासकिय अधिकृत किरणनिधी तिवारीले बताए ।
कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशन समेत गरिएको नगरपालिकाका नगरप्रमुख संजय काफ्लेको भनाई छ । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गर्ने जनाएको छ ।
कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्नेछ ।





