बारा । बाराको महागढीमाई नगरपालिकाले महायज्ञ लगाउन विद्यालय बन्द गर्ने भन्दै सूचना जारी गरेको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्नुभन्दै सूचना जारी गरेको हो ।
नगरपालिकाले वडा नं. ३ र १० गंजभवानिपुरमा स्नातक तह अध्ययन अध्यापन संस्था स्थापनाको उदेश्यले लवकुश कुशकुण्डिका एवम् प्राण प्रतिष्ठा महायज्ञ हुन गईरहको उल्लेख गरेको छ ।
यस्तै नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई महायज्ञको कलश यात्रामा सहभागी भईदिनु हुन अनुरोध समेत गरेको छ ।





