एजेन्सी । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एक जना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई । यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो ।
विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथि अति गम्भीर आरोप लगाएकी छिन् । छात्राहरुको भनाई थियो कि गणित विषय पढाउने शिक्षक विकासकुमारले उनीहरूसँग अश्लील हरकत गर्ने गर्दथे ।
छात्राहरुले शिक्षक विकासकुमार कक्षा कोठा बन्द गरेर छात्राहरुको संवेदनशील अंगहरु छुने गरेका थिए । विरोध गर्दा आरोपी शिक्षकले स्कूलबाट नाम काट्ने धम्की दिँदै आएका थिए ।
स्कूलकी छात्राहरुले कलयुगी टीचरको हरकतको बारेमा आआफ्नो अभिभावकलाई बताए पछि अभिभावक स्कूल भित्र पसेर उसलाई पिटाई गरेको थियो । यस घटना बारे जानकारी अभिभावकले पाएपछि विद्यालयमा ठूलो बबाल भएको थियो ।
घटना साम्य पार्न विद्यालयमा प्रहरी टोली पुगेको थियो । तर विद्यालय पुगेका प्रहरी टोलीले पनि अभिभावकको गाली खानुपरेको थियो । गाउँलेको आक्रोश हेरेर विद्यालय गएका प्रहरी टोली त्यहाँबाट ज्यान बचाएर भागेका थिए ।
आक्रोशित गाउँलेहरूले आरोपी शिक्षकलाई कैयौं घन्टासम्म विद्यालयको कोठाभित्रै थुनेर राखेका थिए । घटना पछि ठूलो संख्यामा गएका प्रहरी टोलीले आरोपी शिक्षकको सकुसल उद्धार गरेको थियो । प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।
सो घटनामा प्रहरीको एउटा म्याग्जिन समेत हराएको छ । हाजिपुरका वरिष्ठ सुरक्षा अधिकारी सदर एसडीपीओ ओम प्रकाशले स्कूलको छात्राहसँग अश्लील हरकत गर्ने शिक्षकलाई हिरासतमा लिएर मुद्दाको छानबिन भइरहेको बताएका छन् ।
उनका अनुसार स्थानीयहरुले गरेको हंगामा शान्त गर्न गएका एक जना पुलिसकर्मीको पिस्तौलको मैगजीन हराएको तथा त्यसको खोज तलास प्रहरीले गरिरहेको उनले जानकारी दिए ।






