सिरहा । सिरहामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । सखुवानन्कारकट्टि गाउँपालिका ५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिव ५ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका हुन् ।
सप्तरी खडक नगरपालिका ८ बस्ने ३९ वर्षीय पशुपति सरदारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा ८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।






