एजेन्सी । भारतमा महिनाको १५ हजार रुपैयाँ भारतीय तलब खाने एक व्यक्तिको घरमा छापा मार्दा ३० करोड भेटिएको छ । प्रवर्तन निर्देशनालय (ईडी) ले राँचीमा छापा मार्ने क्रममा झारखन्ड सरकारका मन्त्री आलमगिर आलको निजी सचिवका नोकरको घरमा ३० करोड भारु फेला पारेको हो ।
सोही घरमा अर्को एक स्थानबाट पनि ३ करोड भारु बरामद भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा आलमगीर आलमको पनि नाम आएको थियो । आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरूको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो ।
सोही आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको हो । १० हजार भारु घुस लिएको घटनामा छापा मार्दा त्यति धेरै रकम भेटिएको हो ।






