काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा संक्रमितको संख्या १७ करोड ९३ लाख ८३ हजार ३४५ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख ८४ हजार ४१९ जनाको ज्यान गइसकेको छ ।
विश्वविद्यालयलका अनुसार संयुक्त राज्य अमेरिकामा ३ करोड ४४ लाख ६ हजार ३३७ संक्रमित हुँदा ६ लाख १७ हजार १७४ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतमा २ करोड ९९ लाख ६५ हजार २९२ जनामा संक्रमण पुष्टि हुँदा ३ लाख ८८ हजार ८२८ जनाको ज्यान गएको छ ।
कोरोनाबाट अत्यन्त प्रभावित तेस्रो मुलुक ब्राजिलमा १ करोड ७९ लाख २७ हजार ९२८ जना संक्रमित भएका छन् । ब्राजिलमा ५ लाख १ हजार ९१८ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमिणको आधारमा चौथो स्थानमा रहेको फ्रान्समा ५७ लाख ५७ हजार ३११ जना संक्रमित हुँदा १ लाख १० हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै विश्वविद्यालयलका अनुसार पाँचौं स्थानमा रहेको टर्कीमा ५३ लाख ७० हजार २९९ जना संक्रमित हुँदा ४९ हजार १८५ जनाको ज्यान गएको छ । छैटौं स्थानमा रसिया रहेको छ । रसियामा ५३ लाख ३४ हजार २०४ जनामा संक्रमण पुष्टि हुँदा १ लाख २९ हजार ८०१ जनाको ज्यान गएको छ ।
कोरोनाबाट प्रभावित सातौं मुलुक बेलायतमा ४६ लाख ४० हजार ५०७ जना संक्रमित भएका छन् । बेलायतमा १ लाख २७ हजार ९८१ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमिणको आधारमा आठौं स्थानमा रहेको अर्जेन्टिनामा ४२ लाख ६८ हजार ७८९ जना संक्रमित हुँदा ८९ हजार ४३ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी, विश्वविद्यालयलका अनुसार नवम् स्थानमा रहेको इटालीमा ४२ लाख ५२ हजार ९७६ जना संक्रमित हुँदा १ लाख २७ हजार २७० जनाको ज्यान गएको छ । दशौं स्थानमा कोलम्बिया रहेको छ । कोलम्वियामा ३९ लाख ४५ हजार १६६ जनामा संक्रमण पुष्टि हुँदा ९९ हजार ९३४ जनाको ज्यान गएको छ ।






