बारा । पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बाराका विद्यालयमा बिदा दिइएको छ । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन थालिएको हो ।
बाराका स्थानीय तहले आफ्ना पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका हुन् । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले पनि जेठ १६ देखि १८ गतेसम्म विदा दिइएको छ ।
पछिल्लो केही दिनदेखि बारासँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिन तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी सोमबार विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।




