रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया बस्ने ५५ वर्षीय रघु महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउन क्रममा उनलाई करेन्ट लागेको थियो ।
विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल रौतहट गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




