वीरगंज । हुरी बताससहित आएको वर्षाका कारण बिहीबार १०७ वर्षीय वृद्धको ज्यान गएको छ । हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर विन्ध्वासिनी गाउँपालिका २ का गुबेरी साहको ज्यान गएको हो ।
घरमा बसिरहेका उनलाई धारिलो जस्ताले लाग्दा उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानका अनुसार उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी हुरीका कारण पर्साको बहुदरमाई गाउँपालिका ७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एक जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो रहेका छन् । वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएपछि उनी डिस्चार्ज भइसकेका छन् ।




