रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा बिहीबार रातिको हावाहुरीले पोल ढलेर विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मरसहितको पोल ढलेपछि विद्युत् आपूर्ति बन्द भएको छ । यस्तै हावाहुरीले छाना उदाउँदा एक जना घाइते भएका छन् ।
विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार तीव्र गतिको हावाहुरीले चन्द्रनिगाहपुरको देउराली चोक र बजार क्षेत्रआसपासमा झन्डै २७र२८ वटा पोल ढलेका छन् ।
हावाहुरीले छाना उडाउँदा चन्द्रपुर ५ का रुपनारायण चौधरी घाइते भएका छन् । हाल चन्द्रनिगाहपुरस्थित ट्रमासेन्टर अस्पतालमा उपचार गराइरहेका चौधरीको छानाको जस्ताले लागेर नाकको डाडी भाँचिएको छ ।




