रौतहट । रौतहट गौर ५ दोस्तिया टोलमा डेरा गरी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् । राजदेवी नगरपालिका ९ ब्रह्म्पुरी घर भएका ५८ वर्षीय अशोक कुमार राजपुत मृत अवस्थामा फेला परेका हुन् ।
दोस्तिया टोलमा डेरामा बस्दै आएका उनी घरको शौचालयमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




