भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको एक युवक पक्राउ परेका हुन् । हतुवागढी गाउँपालिका ९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि पाँच दिनको म्याद थपेर थप आवश्यक अनुसन्धान भइरहेको छ ।




