जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिकामा एक जना वडा अध्यक्षको निधन भएको छ । धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो ।
क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहिबार बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो ।
नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आएका उनको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमति, एक छोरा र दुई छोरी छन् ।




