सिरहा । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनि घटना संकास्पद रहेको स्रोतले जनाएको छ । घटनालाई ढाकछोप गर्न प्रहरीले घटनास्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिइन् । प्रहरीले घटना बारे कुनै प्रतिक्रिया दिएको छैन ।




