एजेन्सी । पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ६५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९३ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ९ज्ञ लाखभन्दा बढी निको भइसकेका छन् भने ६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४४ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने ३२९ जनाको मृत्यु भएको छ ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८२ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढी संक्रमित थपिँदा २ हजार ४२ जनाको मृत्यु भएको छ ।






