पर्सा । जिराभवानी गाउँपालिका १ बैरीया खोलाबाट अवैध लागूऔषध गाँजा करिव २० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भए पश्चात प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी पर्सा, जिराभवानी गाउँपालिका ४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा करिव १० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सुपौली र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ बोरा फाली अपरिचित व्यक्ति फरार भए पश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




