बारा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको छ । क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको हो ।
कुशवाहामाथि साँझ करिव ६ बजेको समयमा गोली प्रहार भएको छ । उनको कोखामा एक राउन्ड गोली लागेको र वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।




