सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सामाजिक सुरक्षा भत्ता खाने सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यसका लागि स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले शनिबार सूचना जारी गरेर यस्तो जानकारी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रहेको मलंगवा नगरपालिका र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवा बाहेक जिल्लाका १७ वटा पालिकामा राष्ट्रिय परिचयपत्र विवरणका लागि टोली खटाउन लागिएको हो । जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय नरहेका १७ वटै पालिकामा पालैपालो कर्मचारी परिचालन गरेर विवरण गरिने सूचनामा उल्लेख छ ।





