बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा वडाध्यक्षहरू नै झडपमा उत्रिएपछि नगरसभा बैठक स्थगित भएको छ । सोमबार देशभरका स्थानीय तहहरूले बजेट ल्याउँदैछन् । यसैबीच जीतपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष विरोधमा उत्रिएका हुन् ।
नेकपा एमाले र कांग्रेसबाट निर्वाचित केही वडाध्यक्षहरू आइतबार बिहानैदेखि विरोधमा प्रदर्शमा उत्रिएका थिए । दिउँसो नगर प्रमुख राजन पौडेलले बैठक सुरु गर्नासाथ उनीहरूले तोडफोड समेत गरेका हुन् ।
वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्ता लगायत तोडफोडमा उत्रिएको भिडिओमा देखिन्छ । वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।




