धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अर्जुन मेहताले देहत्याग गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ घर भएका २८ वर्षीय मेहताले पत्नीबाट धोका पाएको भन्दै देहत्याग गरेका हुन् । केही दिनका लागि बिदामा घर गएका उनी ८ गतेका दिन बिहान मृत अवस्थामा भेटिएका थिए । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।
मृतक कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भइ धनकुटा जिल्ला अस्पतालमा २०७८ कात्तिकदेखि कार्यरत थिए । स्रोतका अनुसार उनी करिव ४ वर्षयता एक युवतीसँग प्रेम सम्बन्धमा थिए । त्यसपछि उनले हालै विवाह पनि गरे । तर, पछिल्लो समय युवतीका आफन्तले पैसाका लागि बार्गेनिङ गरेको र डिमान्ड पूरा नगरे मुद्दा हाल्ने धम्की दिएपछि उनीहरुबीच खटपट सुरु भएको थियो ।
उक्त घटनापछि मेहता तनावमा रहँदै आएकाले उनले आत्महत्याको बाटो रोजेका हुन् । फेसबुकमा पनि उनले स्टाटस लेखेर पत्नीबाट धोका पाएको जनाएका छन् । त्यस अगाडि एक पटक उनीमाथि विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दा समेत हालिएको थियो ।




