बारा । बारामा सुरक्षा गार्ड सुत्ने कोठामा मृत अवस्थामा भेटिएका छन् । जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरास्थित नारायणी स्पार्ट कम्पनीका सुरक्षा गार्ड मृत फेला परेका हुन् ।
सिन्धुली कमलामाई नगरपालिका ९ सुकेखोला बस्ने ४६ वर्षीय भरत कुमार माझी आफू सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




