धनुषा । धनुषाको लक्ष्मिनिया गाउँपालिका ५ बनिनिया बस्ने ललित यादवको छोरा १८ महिनाको रियान्स यादवको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजार बस्ने रंजित यादवको छोरा ४ वर्षीय सुशान्त यादवको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।




