रौतहट । रौतहटमा १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका ९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रामले ती किशोरीलाई बिहिबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




