सर्लाही । सर्लाहीमा कुलोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मलंगवा नगरपालिका ७ ब्रहम टोल बस्ने महोत्तरी बलवा नगरपालिका १० धमौरा घर भएका संजित लथारको छोरा करिव साढे २ वर्षीय विराज लथारको मृत्यु भएको हो ।
बालकको सोही ठाउँ स्थित कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो ।




