एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुशल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई सबै शैलीको क्रिकेटबाट निलम्बित गरेको छ । इंग्ल्यान्डमा रहेका कुशल मेन्डिस, विकेटपिकर निरोशन डिक्वेला र ओपनर दनुष्का गुणाथिलकालाई निलम्बित गर्दै तत्काल श्रीलंका फर्किन आदेश दिएको हो ।
यी तीन खेलाडी होटल छाडेर बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले उनीलाई निलम्बित गरेको हो । आइतबार राती श्रीलंका यी तीन खेलाडीले कोरोना बायो सिक्योर बबल उलंघन गर्दै खुलेआम घुमेका थिए । भिडियो फुटेजमा मेन्डिस र डिक्वेला देखिएपनि गुणाथिलका भने देखिएका थिएनन् ।
यी तीनै जना बाहिरसँगै निस्केको बताइएको छ । कुनैपनि जानकारी नदिई होटल बाहिर गएको श्रीलंका क्रिकेटले जनाएको छ । श्रीलंका क्रिकेटले पूरा जाँच नहुँदा सम्म तीनै खेलाडीलाई निलम्बन गरेको जनाएको छ । तीन टि २० आई सिरिजमा श्रीलंका इंग्ल्यान्डसँग ३–० ले पराजित भएको थियो । जसमा कमजोर ब्याटिङ गरेको थियो ।
मेन्डिसले तीन खेलमा ५४ रन मात्र बनाएका थिए । गुणाथिलकाले तीन खेलमा २६ र दुई खेलमा डिक्वेलाले १४ रन बनाएका थिए । इंग्ल्यान्ड र श्रीलंकाबीच थप तीन ओडिआई खेलको सिरिज हुँदै छ । पहिलो खेल मंगलबार हुने छ । विकेटकिपरको जिम्मेवारी कप्तान समेत रहेका कुशल पेरेराले गर्ने छन् ।






