रौतहट । रौतहट जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ । तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर विभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू, १ लाख ५५ हजार ८ सय बराबरको लत्ता कपडा सवारीसाधन, १ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको हो ।
बरामद सामान तथा सवारी साधन आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




