काठमाडौं । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ रहको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिएका हुन् ।




