महोत्तरी । महोत्तरीको लोहरपट्टी नगरपालिका ३ मा करेन्ट लागेर एक जनाको निधन भएको छ । मस्जिदमा जडान गरिएको एम्प्लिफायरको माइकबाट करेन्ट लागेर १६ वर्षीय जासिम राईको निधन भएको हो ।
लोहरपट्टी नगरपालिका ३ तपनपुर स्थित नुरी जमा मस्जिदमा जडान गरिएको एम्प्लिफायरको माइकबाट करेन्ट लागेर सोही ठाउँ बस्ने रमतुल्ला राईनको छोरा १६ वर्षीय जासिम राईनको मंगलबार राति मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




