सिराहा । सिराहाको कमला नदीमा नुहाउने क्रममा शनिबार अपराह्न डुबेका बालक अझै फेला परेका छैनन् । कल्याणपुर नगरपालिका ५ भोक्राहाका रामदेव खड्गा यादवका ११ वर्षीय छोरा क्षितिज यादव साथीहरूसँग कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
सिराहा सदरमुकाम बस्दै आएका क्षितिज परिवारसँग गाउँमा दिदीको विवाहमा गएका थिए । विवाहमा गएका बेला साथीहरूसँग नुहाउने क्रममा उनी डुबेको अनुमान गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरिरहेको छ ।




