सिराहा । सिराहामा करेन्ट लागेर एक जनाको निधन भएको छ । सिराहाको सुखिपुर नगरपालिका १० दहिपौडी बलिराम कन्ट्रक्सनमा काम गर्ने धनुषाधाम नगरपालिका ७ बस्ने ३० वर्षीय बिजुली महतोको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित विद्युतको पोलमा सडक बत्ती जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको श्रमजिबी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




