रौतहट । रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतिय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धि मुद्दा दायर गरिएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादव माथि ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो ।
आरोपीहरुले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमबार दिउँसो देवाही गोनाही ७ का कु्ती हजराको छोरा वर्ष ४५ को चुनिलाल पासवानको आफ्नै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो ।
पासवानको मृत्युपछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तब्य ज्यान सम्बन्धि मुदा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।
गत सोमबार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेको लगत्तै प्रहरीले पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित एक निजी अस्पतालमा लगेकोमा आधाघण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले घटना लगत्तै पासवानको खेत हुँदै विद्युतको तार लागेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए ।
रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोलबाट लागेको तारबाट करेन्ट लागेर वर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ ।




