सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ बाँसाडोलस्थित शर्मा ग्यारेजमा काम गर्ने सोही नगरपालिका ८ बालगंगा टोल बस्ने १८ वर्षीय नुरसेद शेखको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
ग्यारेजमा गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै सिभिल अस्पताल चन्द्रनिगाहपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो ।




