बारा । बाराको सिम्रौनगढ नगरपालिका ६ निवासी रामजन्मप्रसाद कुशवाहाको घरमा लुटपाट भएको छ । सिम्रौनगढ बजारदेखि उत्तरतर्फ रहेको सानो इँटवालमा समूहमा आएका मानिसहरूले कुशवाहाको घरमा तोडफोड गर्दै लुटपाट गरेका हुन् ।
सो समूहले कुशवाहाले घरमा रहेको ट्याक्टरको हेड लाइट, दुई वटा मोटरसाइकल पनि तोडफोड गरेको छ । भीडले घरमा रहेका सामानहरू तोडफोड गर्नुका साथै कुशवाहाकी पत्नीले लगाएको गहना पनि लुटेको छ ।
घटनापछि कुशवाहाको घरमा जनपद र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिएको छ ।




