सर्लाही । सर्लाहीमा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । सर्लाहीको कबिलासी नगरपालिका १ पिपरिया बस्ने सदिम शेखकी छोरी १३ वर्षीया सेहानी खातुनको सोही ठाउँस्थित लखनदेही खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको अस्मिता हेल्थ केयर पिपरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




