रौतहट । गरुडा चोकमा स्थानीय र एमालेका नेता कार्यकर्ताहरुले चक्काजाम गरेका छन् । एमालेका मधेस प्रदेशका नेतालाई कुटपिट गरेको घटनामा इलाका प्रहरी गरुडाले बेवास्ता गरेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।
घटनामा संलग्नलाई पक्राउ नगरेको पीडितको आरोप छ । एमाले मधेस प्रदेशका नेता सेख करिमुल्लाहलाई बुधबार राति गरुडा चोकमा बसिरहेको अवस्थामा ७/८ जनाको समूहमा आएका समुहले कुटपिट गरि भागेका थिए ।
कुटपिट गर्नेहरु पहिचान हुँदा पनि प्रहरीले बेवास्ता गरेको पीडित करिमुल्लाह बताउँछन् । डिएसपी त्वातीले भने पीडितले जाहेरी नदिएर चक्का जाम गरेको बताउँछन् ।




