काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउस पुगेकी एक युवतीको मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेस्टहाउसमा आएका युवती बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएपनि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर प्रहरीका अनुसार सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकका साथमा आएका ती युवती शुक्रबार विहान बेहोस भएकी थिइन् । गेस्ट हाउस सञ्चालकले ती युवतीलाई बीएन्डबी अस्पताल पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ ।




