सर्लाही । सर्लाहीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । सर्लाहीको धनकौल गाउँपालिका १ धोबनिया बस्ने सुरेन्द्र महतोको छोरा १० वर्षीय बजरंगी महतोको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरको आँगनमा रहेको टेबल फ्यानबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




